देवघाटधाममा सहमतिको सचेतनामूलक गतिविधि
चितवन । माघे संक्रान्ती आउन एक साता बाँकी रहेको छ । माघे संक्रान्तीका अवसरमा देवघाट धाममा माघे संक्रान्ती मेला लाग्दछ । पवित्र तीर्थस्थल देवघाट धाममा दर्शन गर्न आउने धार्मिक पर्यटकहरु बढ्दै गएका छन् । कालिगण्डकी र त्रिशुलीको संगमस्थलसँगै देवघाटधामलाई सफा र स्वच्छ राख्नका लागि सहमति संस्थाले जनचेतनामूलक गतिविधि बढाएको छ । सहमति संस्थाको नदीसँगै हामी अभियान अन्तर्गत देवघाट क्षेत्र विकास समितिलाई सहमतिले विभिन्न सामग्री तथा होर्डिङ बोर्ड प्रदान गरेको छ ।
आइतबार देवघाटमा गरिएको कार्यक्रममा करिब ९६ हजार बराबरको मेटल बीन, ४३ हजार ९ सय ५० रुपैँया बराबरको जनचेतनामूलक होर्डिङ बोर्ड र ४१ हजार ५ सय बराबरको क्लोथ ब्याग हस्तान्तरण गरिएको हो । देवघाटधाममा विभिन्न स्थानहरुबाट पर्यटक आउने र उनिहरुका लागि पनि सचेतना आवश्यक भएको हुँदा सचेतनामूलक होडिङ बोर्ड राखिएको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।
पवित्र स्थानहरुको सुरक्षा गरौँ, प्लाष्टिक रहित अभ्यासमा संलग्न बनौँ, देवघाट क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउन आजैदेखि सुरु गरौँ नारा लेखिएका सूचनामूलक बोर्ड देवघाटका विभिन्न स्थानमा राखिएको परियोजनाका संयोजक खेमराज खनालले विजय एफएमलाई बताउनुभयो ।
सहमतिसंस्थासँग सम्बन्धित अन्य समाचारहरु
गैँडाकोटमा ‘घरायसी फोहोर पृथकीकरणका लागि अभिमुखीकरण कार्यक्रम’ सम्पन्न
हुप्सेकोटमा सिमसार संरक्षणले नयाँ मुहान पलाए
सहमतिको पहलमा भएको जैविक बाँधले कटान न्यूनिकरणमा सहयोग
राज्यकै नीतिकै कारण जनजातिको रैथाने ज्ञान सीप लोप
खगेरी जलाधार क्षेत्रमा सहमतिको संरक्षण कार्य सकारात्मक
सहमतिमा संरक्षण कचहरी
सहमती संस्थाले डब्लु डब्लु एफको सहकार्यमा २०२३ अप्रिलदेखि चितवनमा खगेरी जलाधार क्षेत्र र नवलपुरमा गुन्द्रही जलाधार क्षेत्रमा जलाधार व्यवस्थापन लगायतका कार्यहरु गर्दै आइरहेको छ ।
देवघाट क्षेत्र तथा नारायणी नदी किनारमा हुने फोहोरको व्यवस्थापन गर्ने उद्देश्य राखेको संस्थाले फोहोर व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । यस्तै सहमती संस्थाद्वारा डब्लु डब्लु एफ नेपालको साझेदारीमा सञ्चालित प्रकृतिमा आधारित समाधान ट्रिपल बेनिफिट परियोजना मार्फत नदीसँगै हामी अभियान अन्तर्गत देवघाटधामलाई सचेतनामूलक कार्य अघि बढाएको हो ।