जिल्ला बचत तथा ऋण सहकारी संघका निर्वाचित पदाधिकारीले गरे सपथ ग्रहण

२०८१ पौष २२ सोमबार १८:३२:०० मा प्रकाशित

नवलपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड नवलपरासी पूर्वको निर्वाचित संचालक र लेखा सुपरीवेक्षण समितिको आज एक औपचारिक कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको छ । गत शनिबार बद्रीनाथ नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका संचालक गोपाल प्रसाद गौतमले सहकारी अध्यादेशमा व्यक्तिगत बचतको सीमाको बुँदामा आपत्ति जनाउदै सहकारी अभियानलाई अझै शसक्त बनाएर लानको लागि जिल्ला संघ लाग्नु पर्नेमा जोड दिनु भयो । 
विशिष्ट अतिथि जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तिलक प्रसाद पराजुलीले जिल्ला बचत तथा ऋण सहकारी संघ लि र जिल्ला सहकारी संघ लिमिटेडको मिलेर अभियानलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला सहकारी संघका उपाध्यक्ष तुल मणि पौडेल , सचिव श्यामसुन्दर लामिछाने ,निर्वाचन समिति सदस्य प्रदिप राज घिमिरेले जिल्ला बचत तथा ऋण सहकारी संघको संघका संचालक एवम लेखा सुपरीवेक्षण समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । 

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षले पदभार ग्रहण गर्दै सहकारी अभियानमा अझै सक्रिय भएर बचत तथा ऋण सहकारी संघलाई बचत संस्थाहरूको ओतिलो छाता संघ बनाउने भनाई राख्दै सहकारी अभियन्ताहरू, नेफ्स्कूनका संचालक गोपाल प्रसाद गौतम, जिल्ला सहकारी संघका अध्यक्ष तिलक प्रसाद पराजुली, नेफ्स्कूनका नारायणगढ फिल्ड कार्यालय सदस्य तुल मणि पौडेल, निर्वाचन समितिका संयोजक खेमराज सापकोटा, सदस्यद्वय श्याम सुन्दर लामिछाने र प्रदिप राज घिमिरे, सदस्य संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो । 

जिल्ला सहकारी संघ लिमिटेडका सचिव एवम्  निर्वाचन समितिका सदस्य श्यामसुन्दर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको  संचालन निर्वाचन समिति सदस्य प्रदिप राज घिमिरेले गर्नु भएको थियो ।