गैंडाकोटमा सम्पत्ति शुद्धीकरण सम्बन्धि अभिमुखिकरण
गैँडाकोट । गैंडाकोटमा आज सम्पत्ति शुद्धीकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ । गैंडाकोट नगरपालिका र सहकारी समन्वय मन्चको संयुक्त आयोजनामा सम्पत्ति शुद्धीकरण सम्बन्धि अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा विकु वचत तथा ऋण सहकारी सस्थाका सिइओ माधव प्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो । उहाले सहकारीले के वाइ एम भर्नुपर्दा ध्यान दिनुपर्ने कुरा र कर्तव्यका बारेमा जानकारी गराउनुभएको थियो । शेयर सदस्यहरु पेशागत रुपमा केमा आबद्ध हुनुहुन्छ त्यसका आधारमा बर्षमा एकपटक वा तीन बर्षमा एकपटक अध्याबधिक गर्नुपर्ने उहाले बताउनुभयो । सामान्य र असामान्य कारोबार र शेयर खरिदका आधारमा पनि शेयर सदस्यको तथ्यांक राख्नुपर्ने प्राबधान अनुसार सहकारी अगाडि बढ्नुपर्ने सिइओ पौडेलले बताउनुभयो ।
गैंडाकोट नगरपालिकाका सहकारी बिभाग प्रमुख देबेन्द्र गौतमले सहकारीमा लचक तवरले पैसा आएको कुराहरु आइरहँदा गैँडाकोटका सहकारीलाई सुरक्षित राख्न अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो । उहाँले सम्पत्ति शुद्धिकरण सम्बन्धि जानकारी हुनुपर्ने र ऐन नियम र कानुनका बारेमा जानकारी पाउनुपर्ने समेत बताउनुभयो ।
सहकारी समन्वय मन्चका अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो । अभिमुखिकरण कार्यक्रममा सहकारी समन्वय मन्चका निवर्तमान अध्यक्ष प्रेमप्रसाद सापकोटा राजु, गैंडाकोटमा आबद्ध सहकारीका संचालक समिती, पदाधिकारी, व्यवस्थापन र कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
सचीव मिलन घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष खगराज सापकोटाले व्यक्त गर्नुभएको थियो ।