सहमतिको पहलमा भएको जैविक बाँधले कटान न्यूनिकरणमा सहयोग

२०८१ पौष ८ सोमबार १८:५४:०० मा प्रकाशित


नवलपरासी पूर्व । सहमतिले डब्लु डब्लु एफ नेपाल संगको सहकार्यमा प्रकृतिमा आधारित सवालहरुका समाधान परियोजना चितवन जिल्लाको खगेरी जलाधार क्षेत्रमा र नवलपुर जिल्लाको गुन्द्रही जलाधार क्षेत्रमा कार्यान्वय गरिरहेको छ । यही परियोजना अन्तर्गत भएका कामहरूको सोमबार अनुगमन गरिएको छ । परियोजनाले समुदायमा प्रकृति संरक्षणमा सहयोग पु¥याएको भेटिएको छ ।


कावासोती नगरपालिका वाड नं. १५ अन्तर्गत गुन्द्रही ढकाह मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएको जैविक बाँधको अवलोकन गरिएको छ । बाँणखोला अर्थात नारायणीको भँगालो क्षेत्रमा निर्माण गरिएको जैविक बाँधले त्यस समुदायको वस्तीमा हुने कटान रोकथाममा सहयोग पुगेको सामुदायिक वनका अध्यक्ष नरबहादुर महत्तोले बताउनुभएको छ । यस कार्यले त्यहाँ बोटे माझी थारु समुदायको वस्ती लाभान्वित भएको छ । 


कावासोती १३ अन्तर्गत श्री शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा सहमति संस्थाले जैविक बाँध निर्माण गरेको छ ।  हात्तीसार खोलामा नदी कटानको समस्या न्यूनिकरण भएको छ । यसका कारण समुदायले सुरक्षित महशुस गरेको शान्ति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सूर्य तामाङले बताउनुभएको छ । 


सहमति संस्थाले यस क्षेत्रमा ६ जनालाई माछापालन, २४ जनालाई च्याउखेतीमा सहजीकरण गर्दै आएको छ । माछापालनमा आवद्ध किसानहरुलाई आवश्यक तालिम, माछाको भुरा, जाली, पोखरीको तापक्रम मापन गर्ने थर्ममिटर, पोखरी सफा गर्ने जियोलाइट लगायतका सामग्री तथा उपकरण सहयोग गरेको छ । च्याउखेतीमा आवद्ध किसानहरुलाई कालो प्लाष्टिक, विउ, उपकरण, तालिम सहजीकरण लगायतका काममा सहमतिले सहयोग गर्दै आएको किसान कनिमाया राईले बताउनुभएको छ । सहमति संस्थाको सहयोगमा व्यवसाय प्रवर्धनमा सहयोग पुगेको राइले बताउनुभयो । उहाँले एक सिजनमा १ सय केजीसम्म च्याउ उत्पादन गरि बेचविखन गर्दै आउनुभएको छ । 


यस परियोजनाले समुदायको समुन्नति र समृद्ध जैविक विविधतालाई संरक्षण गर्दै जलवायु उत्थानशिल र स्वस्थ नारायणी निर्माणमा योगदान पु¥याउने लक्ष्य राखेको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभएको छ । 


सोमबार भएको अनुगमनका क्रममा कावासोती नगरउपप्रमुख फूलकुमारी थनेत, कावासोतीका प्रमुख प्रशासकिय अधिकृत लिलाराज शर्मा, डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्तकेशव अधिकारी, जिल्ला समिति सदस्य सरस्वती पाठक, सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी, उपाध्यक्ष नगेन्द्रप्रसाद रिजाल, क्षितिराज शर्मा, कावासोती नगरपालिका वन तथा वातावरण शाखा प्रमुख पवन रुपाखेती, चितवन राष्ट्रिय निकुञ्ज अमलटारी क्षेत्रबाट रेञ्जर विष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो ।