एक हप्तामा जङ्गली जनावरको आक्रमणबाट २ जनाको मृत्यु

२०८१ पौष २२ सोमबार ०९:१८:०० मा प्रकाशित

केहि दिनयता नेपालमा जङ्गली जनावरको आक्रमण बढेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार एक हप्तामा मात्रै जङ्गली जनावरको आक्रमणमा परेर २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । १० वटा पशबस्तु मरेका छन् भने १० लाख भन्दा बढिको आर्थिक क्षति भएको छ ।

प्राधिकरणकाअनुसार झापामा जङगली हात्तिले र तराईका केहि जिल्लामा स्यालले आक्रमण गर्न थालेको हो । जिल्ला बन कार्यालय झापाकाअनुसार ७ वर्षमा स्थानीय रैथाने हात्तीको सङ्ख्या दोब्बरले बढेको र खानेकुराको अभाव बढदै गएकाले हात्ती गाँउ पस्ने क्रम बढेको हो । तर  सबै हात्तीले आक्रमण भने नगर्ने जिल्ला बन अधिकृत मेघराज राईले सीआईएनसँग बताउनुभयो ।

उहाँका अनुसार महोत्तरी, धनुषा र रौतहटमा स्यालले दैनिकजसो मानिसलाई आक्रमण गरिरहेको प्राधिकरणले जनाएको छ । राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको प्राधिकरणको भनाइ छ । स्यालको आक्रमणबाट बच्न रातीको समयमा एक्लै नहिड्न र हिड्नै परे समुहमा टर्च लाईट लिएर हिड्न प्रहरीले अनुरोध गरेको छ  ।