चिन्ता आगलागीको, नगरपालिकामा छैन दमकल
गैँडाकोट । गर्मीयाम लागेसँगै आगलागीका घटना बढ्ने गरेको पाईन्छ । आगलागीबाट हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न सरकारले सात सय त्रिपन्नवटै स्थानीय तहमा अग्नि नियन्त्रणका लागि एउटा दमकल राख्नुपर्ने प्रावधान बनाएको छ । तरपनि कतिपय स्थानीय तहले नगरपालिकामा दमकल राखेका छैनन् । त्यो मध्ये गैँडाकोट पनि एक हो ।
जनधनको सुरÔा गर्नु तीनै तहका सरकारको कर्तब्य हो । तर यसप्रति स्थानीय सरकार गम्भिर नबनेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय सरकारको कार्यअवधि सकिन अब केहि महिना मात्र बाँकि छ । ५ वर्ष बित्नै लाग्दा पनि गैँडाकोट नगरपालिकाले भने दमकल खरिद गर्न सकेको छैन । तीन वर्ष अघि गोठमा आगलागी ब्यहोर्नुभएकी गँैडाकोट ५ की सुशिला पौडेलले धानमालको क्षति ब्यहोर्नु प¥यो । यस्ता विपत्ती रोक्न पहिले नै दमकलको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, “गैँडाकोटमा दमकल अनिवार्य छ, किनकी नजिकबाट आउनु र टाढाबाट आउनुमा त फरक पर्छ नि, यहाँ भएको भए मेरा गोठमा क्षति कम हुने थियो ।”
गैँडाकोट ६ का दिनुराम सापकोटाले स्थानीय तहमा नगरपालिकामा दमकलको आवश्यकता रहेको बताउनुहुन्छ । छिमेकीको आश गर्नुभन्दा पनि आफ्नै पालिका भए जनधनको Ôति कम हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो, “अर्काको भर पर्नुभन्दा आफ्नो हुँदा धेरै सजिलो पनि हुने र समय पनि नलाग्ने हुँदा यही हुनुपर्छ ।”
गैँडाकोट ६ का भिमलाल शर्मा पनि नगरपालिकामा दमकल आवश्यक रहेको बताउनुहुन्छ । नगरपालिकाले यसबारे बिचार गर्नुपर्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “गर्मियाम लाग्दै छ, अहिले आगलागी भएन भनेर नकिनेर बस्दा भोली आगलागी भए ठूलो क्षति हुन सक्छ ।”
स्थानीय सरकार गठनपूर्व नै दमकल ल्याउने चर्चा भएपनि स्थानीय सरकारले समेत आवश्यकता देखेन । कावासोतीमा रहेको दमकलले नै गैँडाकोटलाई थेग्ने गैँडाकोटका नगर प्रमुख छत्रराज पौडेलको तर्क छ । उहाँले आवश्यकताको आधारमा दमकल खरिद गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यदी आवश्यकता पर्यो भने दमकल ल्याउन सकिन्छ ।” जिल्लामा विपद् व्यवस्थापन समितिको बैठक बसेर तत्काल खरिद गर्नुपर्ने आवश्यकता नदेखिएको र कावासोतीमा रहेको दमकल प्रयोग गर्नेगरि व्यवस्था मिलाईएको उहाँको भनाई छ ।
गर्मीयाम सुरु भएसँगै अगालागीको जोखिम उत्तिकै हुन्छ । विपत्ती लाग्नुपूर्व नै क्षति न्यूनिकरणका कार्यक्रम गरि ठूलो क्षति व्यहोर्नु पर्ने थिएन ।