लोक नृत्य प्रतियोगितामा मिलिजुली महिला समुह प्रथम 

२०८१ माघ २० आइतबार १९:२०:०० मा प्रकाशित

गैँडाकोट । कन्टिनेन्टल इङ्लिस बोर्डिङ स्कुल र जन–जागृति महिला समूहको संयुक्त आयोजनामा गैंडाकोटमा भएको महिला तथा आमा समूहविचको लोक नृत्य प्रतियोगितामा मिलिजुली महिला समुह प्रथम भएको छ ।

कन्टिनेन्टल इङ्लिस बोर्डिङ स्कुल परिसरमा भएको सो लोक नृत्य प्रतियोगितामा मिलिजुली महिला समुह प्रथम,  सिर्जनशिल महिला समुह द्धितिय र प्रगती टोल महिला समूहले तृतिय स्थान हासिल गरेका छन् । प्रथम समूहले १० हजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ । द्धितिय समूहले ८ हजार नगद र प्रमाण पत्र, तृतिय समूहले ६ हजार नगद र प्रमाण पत्र प्राप्त गरेको हो ।


कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले महिला दिदिबैनीको यो प्रतिभा उजागर गर्ने कार्यक्रमले उत्साह जगाउने बताउँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने पनि बताउनुभयो । 


यस्तै कार्यक्रमका अध्यक्ष एवंम कन्टिनेन्टल इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य विनोद पौडेलले विद्यालय, समुदायकै एक हिस्सा भएकाले समुदायसँग सहकार्य गरेरै अगाडी बढेको बताउनुभयो । उहाँले महिला दिदिबैनी घरभित्र मात्र सिमित नबनी बाहिर आउन आवश्यक भएको पनि उहाँले बताउनुभयो । 


कार्यक्रममा बोल्दै  जन–जागृति महिला समूहका अध्यक्ष दिलु शर्माले लोक नृत्यको संरक्षण प्रबद्र्धनका लागि विद्यालयसँगको सहकार्यमा कार्यक्रम गरेको बताउनुभयो । उहाँले हाम्रो लोक नृत्य र महिला दिदिबैनीको प्रतिभा बाहिर ल्याउन पनि यस्ता कार्यक्रमले टेवा पु¥याउने हुँदा कार्यक्रम गरिएको बताउनुभयो । 


लोक नृत्य प्रतियोगिताको निर्णायकमा सुमित लामा, समिर तामाङ्ग र सुरक्षा शाही ठकुरी रहनुभएको थियो । 
सो कार्यक्रमको सहजिकरण संगिता ढकाल र मेघमाया लामाले गर्नुभएको थियो । 


साथै २१ गते सोमबार बिहान ७ बजेदेखि सरस्वती पूजा, प्रसाद ग्रहण तथा कलिला बाबुनानीका लागि अक्षरारम्भ कार्यक्रम भएकोले उपस्थितीका लागि विद्यालयका प्राचार्य विनोद पौडेलले अनुरोध गर्नुभएको छ । गैँडाकोट २ मा रहेको यो विद्यालय अभिभावक र विद्यार्र्थीको पहिलो रोजाइको विद्यालय हो । साना बालबालिकाका लागि विशेष छुटको व्यवस्था सहित अक्षरारम्भम्भको कार्यक्रम रहेको पनि पौडेलले बताउनुभएको छ ।