कन्टिनेन्टल बोर्डिङ स्कुलमा मल्टी कल्चर मिङ्गल फेस्टो 

२०८१ माघ १९ शनिबार १९:३४:०० मा प्रकाशित

गैँडाकोट ।  कन्टिनेन्टल बोर्डिङ स्कुल गैंडाकोट २ मा आज शनिबार मल्टी कल्चरल मिङ्गल फेस्टो (विविध प्रदर्शनी) भएको छ ।  आज विद्यार्थीहरुले आफुमा भएका सबै प्रतिभाहरु प्रस्तुत गरेका थिए । कतै खाना, खाजा पकाउँदै थिए त, कतै विज्ञान प्रर्दशनी, नेपाली, सामाजिक विषयका प्रदर्शनी, क्ले आर्ट, चित्रकला, प्रर्दशनी थियो । यस्तै बालबालिकाले दुना टपरी बनाउदैँ, बत्ती कात्दै थिए त धुप बाट्न पनि व्यस्त देखिन्थे । यसरी विद्यालयमा आफ्ना गायन र नृत्य प्रतिभा प्रस्तुत गर्दा विद्यार्थीहरु खुसी देखिएका थिए भने अभिभावकहरु पनि उत्साहित र खुसी देखिएका थिए । 


विद्यालयको आयोजनामा शैक्षिक सामाग्री, व्यावहारिक सिप तथा समुदायका बिबिधताको बारेमा विद्यार्थी तथा अभिभावकले जानकारी पाएका छन् । हरेक किसिमका प्रतिभा भएका विद्यार्थीहरुले अवसर पाउन भन्नका लागि विद्यालयले विद्यार्थीहरुका लागि यस्तो कार्यक्रम गरेको विद्यालयका प्राचार्य विनोद पौडेलले बताउनुभयो ।

 

यसैगरी यही माघ २० गते आइतबार विहान ११ बजेदेखि कन्टिनेन्टल बोर्डिङ स्कुल र जन जागृति महिला समूहको संयुक्त आयोजनामा गैंडाकोटका महिला तथा आमा समूहविच लोक नृत्य प्रतियोगिता सम्पन्न हुँदै छ ।   


साथै २१ गते सोमबार बिहान ७ बजेदेखि सरस्वती पूजा, प्रसाद ग्रहण तथा कलिला बाबुनानीका लागि अक्षरारम्भ कार्यक्रम भएकोले उपस्थितीका लागि विद्यालयका प्राचार्य विनोद पौडेलले अनुरोध गर्नुभएको छ । गैँडाकोट २ मा रहेको यो विद्यालय अभिभावक र विद्यार्थीको पहिलो रोजाइको विद्यालय हो । साना बालबालिकाका लागि विशेष छुटको व्यवस्था सहित अक्षरारम्भम्भको कार्यक्रम रहेको पनि पौडेलले बताउनुभएको छ ।