नेपाल शिक्षक संघ हुप्सेकोटको प्रतिनिधि सभा सम्पन्न
गैंडाकोट । नेपाल शिक्षक संघ हुप्सेकोटले शनिबार छैठौं प्रतिनिधि सभा एक कार्यक्रमका बिच नेपाल शान्ति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न गरेको छ ।
नेपाल शिक्षक संघ हुप्सेकोटका अध्यक्ष रेशमलाल गुरूङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्णसिं राना हुनुहुन्थ्यो । उहाँले पालिका स्तरमा ८० जनाभन्दा बढी स्वयमसेवक शिक्षक राखेर निःशुल्क शिक्षा सन्चालन गरेको बताउँदै शिक्षकहरूलाई गुणस्तर वृद्धिका लागि प्रोत्साहन गरिने बताउनुभयो ।
कार्यक्रममा नवलपुर शिक्षक महासंघका अध्यक्ष चन्द्रदेव तिवारीले विद्यालयको शैक्षिक अवस्था मजबूत बनाएर संघका गतिविधि अगाडि बढाउन सक्ने हो भने मात्र आफ्नो संस्थाको मान र गरिमा उच्च हुने बताउनुभयो । हरेक विद्यालयका प्रधानाध्यापक सहजकर्ता भएकाले विद्यालयमा सहयोगी वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षक संघ नवलपुरका अध्यक्ष इन्द्रराज भट्टराईले शिक्षकलाई उत्साहका साथ शैक्षिक गतिविधिमा लाग्न पालिकाले अभिभावकीय भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले अब एक पटक सशक्त खबरदारीसहितको आन्दोलनमा होमिनपर्ने अवस्था आएको समेत बताउनुभयो ।
कार्यक्रमका अतिथिसमेत रहनुभएका नेपाली काँग्रेस हुप्सेकोट पालिकाका सभापति बलबहादुर रानाले पालिकाले शिक्षकलाई विभेद होइन तर्क सुन्न हिम्मत राख्नुपर्ने बताउनुभयो । कार्यक्रमका फोकल पर्सन नेपाल शिक्षक संघ गण्डकी प्रदेश सदस्य गोविन्द रिमालले वार्षिक सभाका गतिविधिमा सहजीकरण र २० गतेबाट सन्चालन हुन लागेको शिक्षक आन्दोलनका कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा कावासोती नगरपालिका शिक्षक संघका अध्यक्ष फणीन्द्र पौडेल र जनता मावि हुप्सेकोटका प्रधानाध्यापक चोकबहादुर पाइजाले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल शिक्षक संघ हुप्सेकोट पालिका सचिव चिन्तामणि पाण्डेको सहजीकरण रहेको सो कार्यक्रममा उपाध्यक्ष जितबहादुर वि।क।ले स्वागत मन्तव्य राख्नुभएको थियोे । जिल्ला उपाध्यक्ष राधा तिवारी र सचिव जयनारायण सापकोटा अतिथि रहनुभएको सो कार्यक्रममा पालिकाभरका ३४८ शिक्षकहरूको उपस्थिति रहेको थियो ।