विजय लिटिल च्याम्प २०८१ को उपाधि अमर ईंङ्लिस बोर्डिङ स्कुलको पोल्टामा
गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको विजय लिटिल च्याम्प २०८१ को उपाधि गैँडाकोट १६ मा रेहेको अमर ईंङ्लिस स्कुलले प्राप्त गरेको छ ।
प्रतियोगितामा किड्स होम एकेडेमी दोस्रो, विजय सामुदायिक शिक्षा सदन तेस्रो र कण्टिनेण्टल ई. बो. स्कूलले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रथम पुरस्कार २० हजार रुपैँया, द्वितीय पुरस्कार १५ हजार रुपैँया, तृतीय पुरस्कार १० हजार रुपँैया र सान्त्वना पुरस्कार ३ हजार रहेको थियो । प्रतियोगितामा १८ वटा विद्यालयको सहभागिता रहेको थियो ।
डान्सर तथा मोडल रुविना अधिकारी र चर्चित लोकगायिका कला लम्साल निर्णायक मण्डलमा रहेका थिए । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रमको आयोजना गरिएको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले विद्यालयहरुलाई अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो ।
विजय एफएमका संस्थापक अध्यक्ष खेमराज सापकोटा, लेखा समिति संयोजक बद्रीनाथ लम्साल लगायतले शुभकामना मन्त्व्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विजय एफएमका सहसचिव नर्मदा पाण्डे, सञ्चालक सदस्य टंकप्रसाद चापागाईं, लेखा समिति सदस्य ज्ञानु सापकोटा, जनप्रतिनिधि रत्नबहादुर बोहरा लगायतको उपस्थिति रहेको थियो ।