लायन्स क्लब अफ काठमाण्डौँ आर्कषणद्वारा श्रीमद् रामानुज वेदविद्याश्रमका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान
गैँडाकोट । लायन्स क्लब अफ काठमाण्डौँ आर्कषणले शनिबार श्रीमद् रामानुज वेदविद्याश्रमका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला र स्टेशनरीका सामग्रीहरु बितरण गरेको छ ।
श्रीमद् रामानुज वेदविद्याश्रममा अध्ययन गर्ने विद्यार्थीहरुलाई आश्रम परिसरमा कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री प्रदान गरिएको हो । सो कार्यक्रममा लायन्स क्लब काठमाण्डौका सेकेण्ड भाइस डिस्ट्रीक गर्भनर लायन योगराज शर्मा कंडेलले हाम्रा धर्म संस्कृतिको संरक्षण हामीले नै गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो । उहाँले हामीले आर्जन गरेको आम्दानीको केही अंश समाज सेवामा सर्मपण गर्नु नै लायन्स क्लबको उद्देश्य रहेको कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लब प्रतिनिधी शरण श्रेष्ठ, रामचन्द्र लामिछाने, महेशमित्र पण्डित, श्रीमद् रामानुज वेदविद्याश्रमका अध्यक्ष केशवप्रसाद सापकोटा, सचिव जगनाथ उपाध्याय, सदस्य यशोदा सापकोटा, प्रधानाध्यापक दामोदर सापकोटा ,अध्यापक सुर्दशन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम लायन्स क्लब अफ काठमाण्डौ आर्कषणका अध्यक्ष शुसिला पराजुली बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।