रत्नराज्य लक्ष्मी मा.विमा योग शिविर सञ्चालन
गैँडाकोट । श्री रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय गैँडाकोट १० को आयोजनामा आनन्दम् बृहत् योग शिविर सञ्चालन भएको छ । अन्तराष्ट्रिय योगाचार्य ढाकाराम सापकोटाले विद्यालय परिसरमा विद्यार्थीहरुलाई योगाभ्यास गराउनु भएको थियो ।
जीवनमा कसरी खुशी रहने, जीवनलाई कसरी आनन्दमय बनाउने भन्ने विषयमा योगाचार्य सापकोटाले विद्यार्थीहरुलाई प्रेरित गर्नुभएको थियो ।
साथै, उहाँले योगले शरिर, मन र आत्मालाई सन्तुलन राख्ने, मानसिक शान्ति र ध्यान बढाउने, आत्म अनुशासन र चेतना विकास गर्ने कुरामा जोड दिनुभयो । योगाचार्य सापकोटाले भन्नुभयो, हामीले शारिरीक व्यायाम त गरेका छौँ तर योगाभ्यासमा कमै मात्र आफूलाई समाहित गरेका छौँ । शारिरीक व्यायाम केवल शरिरीक तौल घटाउन अभ्यास गरिन्छ भने योगाभ्यासमा श्वासप्रस्वासलाई बढि महत्व दिइने हुँदा तनाव घटाउँछ ,मन शान्त बनाउँछ र ध्यान शक्ति बढाउने कुरा योगाचार्य सापकोटाले ज्ञान प्रदान गर्नुभयो ।
विद्यार्थीहरुमा अनुशासनमा रहने, पढाईमा एकाग्रता रहने बानी हराउँदै गएकाले योगको माध्यमबाट चिन्तन गर्ने र एकाग्रता रहेन बानीको विकास गराउन योगाभ्यासको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक नवराज काफ्लेले बताउनुभयो ।