गैँडाकोटमा शिक्षक तथा विद्यार्थी सम्मानित
नवलपरासी पूर्व । गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले उत्कृष्ट विद्यार्थी, विद्यालय र शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । सोमबार गैँडाकोट नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक र निवृत्त शिक्षक गरी ६३ जनालाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यालय पनि सम्मानित भएका छन् ।
एसइईमा सतप्रतिशत नतिजा निकाल्ने किड्सहोम एकेडेमी र आधारभूत तह कक्षा ८ मा सत्प्रतिशत नतिजा ल्याउने गैँडाकोट १४ को विजय ज्योती आधारभूत विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको छ । सम्मानित विद्यालयले १५ हजार पुरस्कार राशी प्राप्त गरेका छन् ।
२०८१ सालमा कक्षा ८, १० र १२ को परीक्षामा चार जिपिए ल्याउने विद्यार्थीहरुलाई रु ५ हजार पुरस्कार राशी सहित सम्मान गरिएको छ । पुरस्कृत हुने विद्यार्थीहरुमा जनक माविका विमर्श भट्टराई र पुष्कल पंगेनी, जनता माविका अंकिता अधिकारी र विधान पराजुली, अमरज्योती माविकी लक्ष्मी राजभाट, अमर ईङ्लिस बोर्डिङ स्कुलका कुशल अधिकारीलाई पुरस्कृत एवम् सम्मान गरिएको छ ।
यसैगरी कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई तीनहजार पुरस्कार राशि सहित सम्मान गरिएको छ । यसरी पुरस्कृत हुने विद्यार्थीहरुमा जनक माविका विद्यार्थीहरु स्मृति राउत थारु, दिपेश सापकोटा, सुवास्ना थापा मगर रहेका छन् । रत्नराज्य लक्ष्मी माविका विद्यार्थीहरु प्रशंसा पौडेल, आर्जित बराल, निश्चल कंडेल, रिजन श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।
लक्ष्मी माविका संयोग पौडेल, जनता माविका प्रतिक्षा शर्मा, मुकुन्दसेनका श्लोक कंडेल पुरस्कृत भएका छन् । कार्यक्रममा गँैडाकोटका नमुना माध्यमिक स्कुलका विद्यार्थीहरु आरोही तिवारी, प्रिन्सु बराल, रश्मी श्रेष्ठ, आरुष श्रेष्ठ, पूर्णिमा सुवेदी पुरस्कृत भएका छन् । स्मल हर्ट एकेडेमीका अनिश भट्राई, शाइनिङ माविका मन्दिर चौधरी, विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईं र सविना लोहनी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको रुपमा सम्मानित भएका हुन् ।
मुख्य पाँच विषयमा औषत सिकाई उपलब्धी तर्फ उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयहरु अन्तर्गत विजय सामुदायिक शिक्षा सदन, अमरज्योती माध्यमिक विद्यालय, विजयज्योती आधारभूत विद्यालय र स्मल हर्ट एकेडेमीले रु १० हजार पुरस्कार सहित सम्मानित भएका छन् ।
मुख्य पाँच विषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई उच्च औषत सिकाइ उपलब्धि हासिल गराउन सहजीकरण गरेका शिक्षकहरुलाई रु ५ हजार पुरस्कार राशी सहित सम्मान गरिएको छ । यसरी पुरष्कृत शिक्षकहरुमा जनता माविका यज्ञप्रसाद सुवेदी, नेराश माविका जुनादेवी पराजुली, अमरज्योती माविका मुक्तिराज अधिकारी, रोशन मल्ल, जानुका कुमारी शर्मा, मुक्तिराज अधिकारी, विजय ज्योती आधारभूत विद्यालयका शिक्षक निलकण्ठ आचार्य, इश्वर बहादुर बोहरा, दिपक थापा, मोहनलाल शर्मा, विजय सामुदायिक शिक्षा सदनकी सरिना पौडेल भट्राई, विश्वप्रकाश न्यौपाने, गैँडाकोट ईंङ्लिस स्कुलकी विष्णुमाया पन्थी, लक्ष्मण बसेल, दिपा भट्राई, मनु बानीया, किड्स होमका शिक्षक रमेश राइ, रिमा पौडेल, दलकुमारी थनेत र जीवन परियार सम्मानित हुनुभएको छ । यसैगरी शैक्षिक सत्र २०८१ मा सेवा निवृत्त भएका १७ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, निवर्तमान गैँडाकोट नगरउपप्रमुख एवम् शिक्षा समिति सदस्य विष्णु कुमारी कंडेल, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे लगायतले पालिकाले शिक्षाको गुणस्तर र निशुल्क शिक्षा कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताउनुभयो । गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, गैँडाकोट १२ का वडा अध्यक्ष चक्रपाणि कंडेल, नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष एवम् शिक्षा समिति सदस्य इन्द्रराज भट्टराई, प्याब्सन गैँडाकोटका अध्यक्ष भरतबाबु कंडेल, विद्यार्थी आरोही तिवारीले पालिकाले शिक्षक तथा विद्यार्थीलाई उत्प्रेरणा दिन गरिएको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो ।
नगर शिक्षा समिति सदस्य दोलराज पाण्डेले अतिथिहरुलाई स्वागत गर्ने क्रममा विगतका कमिकमजोरी सच्याई शिक्षक साथीहरुको उत्प्रेरणा बढाउन यस वर्ष फरक मापदण्ड अनुरुप सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम गरिएको बताउनुभयो ।
गैँडाकोट शिक्षा शाखाका अधिकृत रामप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा शिक्षा शाखाप्रमुख खेमप्रसाद आचार्यले शिक्षकलाई गाली गरेर नभइ प्रेरणा दिएर बदलाब ल्याउन सकिने बताउनुभएको छ । कार्यक्रम शिक्षा शाखा प्रमुख आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।