ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ८ मा नयाँ नेतृत्व, अध्यक्षमा हरि प्रसाद सापकोटा चयन
गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ८ को साधारण सभा तथा दोस्रो अधिवेशन सोमबार गैंडाकोट ८ स्थित वडा कार्यलयकोे सभाहलमा सम्पन्न भएको छ ।
ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष हरि प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट ८ का वडाअध्यक्ष प्रेम सापकोटा रहनुभएको थियो । अध्यक्ष सापकोटाले ज्येष्ठ नागरिक हाम्रा गौरव रहेको बताउनु भयो । ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्न सिक्नुपर्ने भन्दै सम्मान गर्न आग्रह गर्नुभयो । बिपन्न र असक्त व्यक्तिहरुलाई रु. ५ हजारका दरले प्रदान गराइएको छ , धार्मिक अवलोकन विकासका भ्रमण विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि गराइने छ उहाँले बताउनु भयो । वृद्वा वृद्वा लाई सहयोग गर्ने छोरा ,बुहारी र संरक्षकहरुलाई कार्यक्रमका बिच आगामि दिनमा सम्मान गर्ने सोच रहेको उहाँको भनाई छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने, ज्येष्ठ नागरिक नगर सदस्य फुलुमाया पराजुली , डा.क्याप्टेन पण्डित नारायण गौतम लगायतले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनले हरि प्रसाद सापकोटा कोे अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा ससिधर न्यूपाने , सचिवमा खेम बहादुर खत्री, कोषाध्यक्षमा पशुपति शर्मा र सहसचिवमा पशुपति सापकोटा रहनुभएको छ ।
त्यस्तै, समितिको सदस्यहरूमा विष्णु प्रसाद चापागाई , लाल कुमारी थापा , कलादेवी सापकोटा, गुणाखर रेग्मी, पदम बहादुर क्षेत्री चयन हुनुभएको छ । त्यसैगरी, नगर प्रतिनिधि सदस्यमा कमल प्रसाद सुवेदी , नरजंग राना र फुलुमाया पराजुली रहनुभएको छ ।
ज्येष्ठ नागरिक नगर तथा वडा संघका सल्लाहकार घनश्याम कडेंलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण ज्येष्ठ नागरिक वडा संघका सचिव नरजंग रानाले गर्नुभएको थियो ।
निर्वाचन संयोजक कृष्ण प्रसाद पराजुलीले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण समेत गराउनुभएको थियो । ज्येष्ठ नागरिक नगर संघका अध्यक्ष मुक्तिनाथ न्यौपानेले हालसम्म नगरभित्रका १५ वटा वडामा ज्येष्ठ नागरिक वडा संघ गठन भइसकेको जानकारी दिनुभयो । कार्यक्रममा ८० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधीहरुमा तर्कबहादुर थापा , खगेश्वर सापकोटा , कमला आचार्य , सुुशिला परियारको उपस्थिती रहेको थियो । वडा नं ८ का टोल टोलबाट ज्येष्ठा वृद्वा वृद्वा छनोट गरि सम्मान समेत गरिएको थियो ।