गैँडाकोट काँग्रेसको अपिल : आधिकारीक उम्मेद्वार बालकृष्ण 

२०८२ माघ ११ आइतबार १६:०१:०० मा प्रकाशित


नवलपुर । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि नवलपुर क्षेत्र नं. १ बाट बालकृष्ण घिमिरेलाई नै आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको भन्दै कुनै भ्रममा नपर्न गैँडाकोट नगरकार्यसमितिले आग्रह गरेको छ । नगर सभापति बद्री सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट घिमिरेलाई उम्मेदवार चयन गरी निर्वाचन आयोगमा दर्ता गरिएको प्रष्ट पारिएको छ ।

उम्मेदवार दर्तासँगै अन्तिम नामावली समेत प्रकाशन भइसकेको अवस्थामा कुनै द्विविधामा नपर्न आग्रह गरेको हो । विज्ञप्तीमा पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल, चोक–चौतारा तथा चिया पसल लगायत सार्वजनिक स्थानहरूमा फैलाइएका भ्रामक र तथ्यहीन चर्चाप्रति ध्यानाकर्षण गराउँदै त्यस्ता अफवाहको पछि नलाग्न आम मतदातालाई आग्रह गरिएको छ ।