सहयात्री बचत तथा क्रण सहकारी संस्थाको ३० औं साधारण सभा सम्पन

२०८२ कार्तिक २९ शनिबार १८:४०:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोटमा रहेको सहयात्री बचत तथा  ऋण सहकारी संस्थाको ३० औं साधारण सभा सम्पन्र भएको छ । शनिबार गैंडाकोट ७ शितलनगरमा रहेको संस्थाको कार्यालय परिसरमा कार्यक्रम भएको हो ।


 कार्यक्रमका प्रमुख अतिथी तारापति त्रिपाठीले सुरुवातमा २८ जनाबाट सुरु भएको संस्था अहिले २३ सय ५० जना सदस्य बनाउन सफल भएको बताउनु भयो । उहाँले सँस्थाका सञ्चालन समिति, सँस्थालाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण सँस्थाका कर्मचारीलाई धन्यवाद ब्यत्त गर्नुभयो । उहाँले शेयर सदस्य तथा बचतकर्ताहरुको सहयोगले नै संस्था अगाडि बढेको समेत बताउनु भयो । सहयात्री सँस्था एउटा उदारणीय सँस्था बन्न सफल भएको र अरु सँस्थाभन्दा  फरक रहेको उहाँले बताउनुभयो । 


कार्यक्रममा संस्थाका अध्यक्ष भिम प्र.सापकोटाले आर्थिक अभावले कुनै पनि सिप भएका  क्षमतावान व्यक्ति पछाडी हट्न नपरोस् भन्ने सँस्थाको उदेश्य रहेको बताउनुभयो । सँस्थालाई प्रत्यक्ष  वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई धन्यवाद दिनुभएको छ । अध्यक्ष सापकोटाले कर्मचारीको तत्परता एवम् लगनशिलताले सदस्यहरुको न्यूनतम आवश्यकता परिपूर्ती गर्न सहयात्री सँस्था सफल भएको बताउनुभयो । 


कार्यक्रममा बार्षिक साधारण सभाको प्रतिवेदन सचिव साबित्रा खवासले प्रस्तुत गर्दै निति, विधि, प्रविधिलाई आत्मसाथ गर्दै अगाडी बढेको र यस सँस्थामा कारोबार गर्न सहज भएको बताउनु भयो । सँस्थामा अझ बढी सक्रिय भई निरन्तर साथ  दिनुहुने छ भन्ने आशा भरोसा लिएको उहाँले बताउनुभयो । 


सँस्थाको कोषाध्यक्ष मीनप्रसाद सापकोटाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै  दैनिक रु १ बचत गर्ने अभिप्रयले सुरुवात भएको सँस्थाले आषाढ मसान्तसम्म शेयर पुजीं , जगेडा लगायत अन्य कोषको गणना गर्दा २ करोड ८३ लाख २५ हजार ७१ रुपैयाभन्दा बढी पुजींकोषको निर्माण गरि सकेको बताउनुभयो । उहाँले १२ करोड ६७ लाख ८५ हजार ८ सय ३०  बचत संकलन गरि रु ११ करोड ६२ लाख ५० हजार ५ सय ३० ऋण लगानी गर्न सफल भएको बताउनुभयो  । सँस्थाका उपाध्यक्ष राजेन्द्र पौडेलले स्वागत मन्तव्य राख्नुभएको  कार्यक्रमको सहजीकरण कार्यलयका व्यवस्थापक बृहस्पति घिमिरेले भर्नुभएको थियो । 


कार्यक्रममा लेखा समिति संयोजक अनिता पौडेल घिमिरे ,महिला विकास केन्द्र गैंडाकोट अध्यक्ष सरस्वती घिमिरे ,लेखा सदस्य श्री शिव कंडेल,  सफल महिला विकास केन्द्र चित्रा सुनारी मगर लगायतको उपस्थिती रहेको थियो ।