कालिका नमुना मा.वि गैँडाकोटमा पुर्नमिलन तथा अन्तरक्रिया कार्यक्रम

२०८२ कार्तिक २९ शनिबार १५:२२:०० मा प्रकाशित

नवलपुर । कालिका नमुना माध्यमिक विद्यालय गैँडाकोट ८ ले स्वर्ण महोत्सवको अवसरमा शनिबार विद्यालयमा पुर्नमिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

स्वर्ण महोत्सवको कार्यक्रम अनुसार पूर्व अध्यक्षहरु तथा समिति सदस्य, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष लगायत सदस्य, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक तथा कर्मचारी, पूर्व विद्यार्थी, एवं वर्तमान विद्यालय व्यवस्थापन समिति, वर्तमान शिक्षक अभिभावक संघ, वर्तमान शिक्षक कर्मचारी बिच पुर्नमिलन कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा स्वर्ण महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्नका लागि आर्थिक तथा व्यवस्थापकीय पक्षका बारेमा अन्तरक्रिया भएको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले जानकारी गराउनुभयो । साथै अन्र्तक्रियामा विद्यालयको आर्थिक सबलीकरण तथा अक्षयकोष स्थापना अभियानका बारेमा पनि अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष करुणा सागर सुवेदी, पूर्व विद्यार्थी एसोसियसन तदर्थ समितिका अध्यक्ष त्रिलोचन सापकोटा, पूर्व विद्यार्थी एवं विद्यालयका शिक्षक भानु सापकोटा लगायतले विद्यालयको स्वर्ण महोत्सवलाई सफलता पूर्वक सम्पन्न गर्नका लागि आवश्यक सल्लाह सुझाब अन्र्तक्रियाका क्रममा प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा सम्पन्न सो पुर्नमिलन तथा अन्र्तक्रिया कार्यक्रममा विभिन्न समयमा विद्यालयमा सेवारत पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक अभिभावक संघ पदाधिकारी, शिक्षक तथा अध्ययन गरेका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयले मंसीर २७ गते स्वर्ण महोत्सवको मूल समारोह कार्यक्रम आयोजना गरेको छ । स्वर्ण महोत्सवको अवसरमा विद्यालयले जेठबाट विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

मंसीर महिनामा विद्यालयले अभिभावक तथा विद्यार्थी उत्प्रेरणा, शैक्षिक, खेलकुद ,सामाजिक तथा अक्षयकोष स्थापना लगायतका विभिन्न कार्यक्रम राखेको छ । महोत्सवको कार्यक्रम अन्तरक्रिया विद्यालयले मंसीर ६ गते शनिबार अभिभावक भेला कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक होमनाथ पौडेलले जानकारी दिनुभयो । वि.सं २०३३ साल मंसीर २५ गते शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न जनप्रतिनिधि, समाजसेवी तथा शिक्षाप्रेमीहरुको भेलाले विद्यालयको स्थापना तदर्थ समिति गठन पश्चात विद्यालयकाे स्थापना गरेकाे थियाे ।