पठन संस्कृति अभियानको १८ औँ शृङ्खला भोली हुँदै 

२०८२ कार्तिक २८ शुक्रबार १७:४६:०० मा प्रकाशित


नवलपरासी पूर्व । पठन संस्कृति अभियानको १८ औँ शृङ्खलामा सहभागि हुन लेखक तथा चिकित्सक जीवन क्षेत्री आउँदै हुनुहुन्छ ।  भोली विहान ११ बजे विजय विकास स्रोत केन्द्रको हलमा हुने कार्यक्रममा लेखक  डा. जीवन क्षेत्रीकोे प्रमुख आतिथ्यता रहनेछ । लेखक क्षेत्रीले नुन तेल शिर्षकको पुस्तक लेखन गर्नुभएको छ ।

उहाँले विभिन्न पत्रपत्रिका तथा अनलाइन र फेसबुक पेजमार्फत ग्लोबल वार्मिङ, पर्यावरणीय विषयमा  विश्लेषणात्मक लेख लेख्दै आउनुभएको छ ।

सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्धत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।