श्रीकृष्ण जन्माष्टमीको विशेष कार्यक्रम

गैंडाकोट । श्रीकृष्ण जन्माष्टमीको अवसरमा गैंडाकोट १ आर्दश टोलमा रहेको अन्र्तराष्ट्रिय कृष्ण भावानामृत संघ (इस्कोन) गैँडाकोटमा कृष्ण जन्माष्टमी विशेष कार्यक्रम हुने भएको छ ।
भोली दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म हरि किर्तन, श्री गोपाल झुलन, श्रीकृष्णकथामृत प्रवचन, श्रीश्रीराधा-गोपीनाथ महाभिषेक र महाप्रसादम् वितरण हुने भएको इस्कोन मन्दिरका अध्यक्ष तुनोत बहादुर बस्नेतले जानकारी दिनुभएको छ ।
श्रीकृष्ण जन्माष्टमी उत्सव मात्र नभएर आत्मशुद्धिको अनुपम अवसर रहेको हुदाँ सम्पूर्ण भक्तजनहरुलाई कार्यक्रममा उपस्थित हुन अन्र्तराष्ट्रिय कृष्ण भावानामृत संघ (इस्कोन) गैँडाकोटले आग्रह गरेको छ ।