पठन संस्कृति काव्य साँझ भोलि, कुलपति विनोदीको ‘यात्राको सुवास’ विमोचन हुदैँ

गैंडाकोट । पठन संस्कृति अभियानको १६ औँ श्रृंखला पठन संस्कृति काव्य साँझ भोली शनिबार हुँदैछ । विजय एफएम १०१.६ ले आयोजना गरेको पठन संस्कृति काव्य साँझको १६ औँ श्रृंखलामा गैंडाकोटका नगर प्रमुख मदनभक्त अधिकारी र उपप्रमुख शान्ति कोइराला लगायत एक सयभन्दा बढीको उपस्थिती रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा राजधानी काठमाण्डौंबाट डा.नवराज लम्सालसहित १० जना कविहरुको उपस्थिती रहने विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभएको छ ।
भोली हुने पठन संस्कृति काव्य साँझमा १५ जना कविहरुले कविता वाचन गर्नुहुनेछ भने ५ जना वक्ताहरुले पुस्तकमाथि चर्चा गर्नुहुने अध्यक्ष सापकोटाको भनाई छ । यो अवसरमा गैंडाकोट नगर प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीको ‘यात्राको सुवास’ भ्रमण काव्यको विमोचन हुने जनाइएको छ । कार्यक्रम शनिबार साँझ ५ बजे विजय विकास स्रोत केन्द्रको तालिम हलमा हुनेछ ।
सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने सापकोटाको विश्वास रहेको छ । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।