अक्सफोर्डमा विद्यार्थी सहभागितासहित श्रीकृष्ण जन्माष्टमी महोत्सव

२०८२ श्रावण ३० शुक्रबार १९:२३:०० मा प्रकाशित

गैंडाकोट । अक्सफोर्ड विद्यालयले आज भव्यताका साथ श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाएको छ। संस्कारसहितको शिक्षामा जोड दिँदै आएको विद्यालयले विद्यार्थीहरूको सक्रिय सहभागितामा पर्वलाई विशेष महत्वका साथ आयोजना गरेको हो।

विद्यालयका प्रशासन प्रमुख नारायण सिग्देलका अनुसार, सत्य र विजयको प्रतीकका रूपमा यो पर्वलाई विद्यालयले प्रत्येक वर्ष मनाउँदै आएको छ। यस अवसरमा विद्यार्थीहरूले भगवान श्रीकृष्णको जीवन र शिक्षालाई झल्काउने आकर्षक झाँकी प्रस्तुत गरे। साथै, नगर परिक्रमा गरी सांस्कृतिक विविधता र धार्मिक एकताको सन्देश प्रवाह गरिएको थियो।

हिन्दू परम्पराअनुसार, भाद्र कृष्ण अष्टमीका दिन भगवान श्रीकृष्णको पूजा–आराधना गरिन्छ। आजकै दिन मामा कंशको कैदमा रहेका वासुदेव र देवकीका पुत्रका रूपमा भगवान श्रीकृष्णको जन्म भएको विश्वास गरिन्छ। कृष्ण जन्माष्टमीलाई सातम–आठम, गोकुलाष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती वा साधारण भाषामा जन्माष्टमी पनि भनिन्छ।