लायन्सको स्वास्थ्य शिविरमा २०३ जनाले गरे निःशुल्क मधुमेह तथा थाइराइड परिक्षण

नारायणगढ । लायन्स क्लब अफ चितवन शिशु आई. भि. एफ. र लायन्स क्लब अफ चितवन चौतारीको आयोजना तथा चितवन शिशु फरटिलिटी क्लिनिकको प्राविधिक सहयोगमा भरतपुरमा निःशुल्क मधुमेह तथा थाइराइड परिक्षण शिविर सम्पन्न भएको छ । त्यस्तै गरी चितवन नवलपुर सम्बृद्धि, चितवन चौतारी गार्गी, चितवन उत्तर गंगा र चितवन शिशु आई. भि. एफ. को आयोजनामा थाईराईड तथा डेंगु सम्बन्धि सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा २०३ जनाको रगत, निःशुल्क मधुमेह तथा थाइराइड परिक्षण गरिएको थियो ।
कार्यक्रममा ईन्डोक्राईनोलोजिष्ट डा.उमानाथ अधिकारीले थाइराइड तथा डेंगु सम्बन्धी जानकारी दिनुभएको थियो । उहाँले दुवै रोगका कारण, लक्षण, उपचारका उपाय र रोकथामका तरिकाबारे विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो । डा.अधिकारीका अनुसार थाइराइड हर्मोन असन्तुलन, आयोडिनको कमी वा बढी, आनुवंशिक कारण र प्रतिरक्षा प्रणालीको समस्याले गर्दा हुने गर्दछ । “नियमित स्वास्थ्य परीक्षण स्वस्थ आहार, तनाव नियन्त्रण, पर्याप्त आराम र सक्रिय जीवनशैली थाइराइडबाट जोगिने प्रभावकारी उपाय रहेको” डा.अधिकारीको भनाई छ ।
त्यसैगरी, डेंगुबाट बच्नको लागि सबैभन्दा पहिले लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ भन्दै प्रशस्त पानी, जुस, सूप जस्ता झोलिला खानेकुरा सेवन गर्नु र चिकित्सकको सल्लाह अनुसार मात्र पारासिटामोल प्रयोग नै यसको प्रभावकारी उपचार भएको डा.अधिकारीको भनाई छ ।
कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर नवराज सापकोटाले क्बलले गरेका कार्यको प्रंशशा गर्दै यस्तै मानविय कार्यमा लाग्न उपस्थित लायनहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रम चितवन शिशु फरटिलिटी किलिनिक परिसर, भरतपुर १० मा सम्पन्न भएको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दिपक बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।