चितवनमा प्रहरी सेवाको विस्तार गरिँदै, भण्डारा र माडीबाट मुद्दासम्बन्धी काम हुने

चितवन । चितवन जिल्लामा प्रहरी सेवाको पहुँच बढाउने प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिनुभएको छ ।
जिल्लाका केही प्रहरी कार्यालयलाई स्तरोन्नति गरी नयाँ स्थायी प्रहरी चौकी स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।इलाका प्रहरी कार्यालय भण्डारा र माडीलाई प्रहरी प्रधान कार्यालयबाटै मुद्दा अनुसन्धानको अधिकार दिइएको छ । जिल्लामा लागुऔषध ओसारपसरामा किशोरकिशोरीको प्रयोग हुने, विवाह वा प्रेमसम्बन्धका कारण घर छाड्ने, हिंसामा पर्ने, चोरीका घटनामा बाहिरी जिल्लाबाट बालबालिकालाई ल्याएर प्रयोग गरिने भएकाले त्यसलाई रोक्नका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिने बताउनुभएको छ ।