नारायणी कलामन्दिरले भोलि रोपाइँ जात्रा निकाल्ने

चितवन । नारायणी कला मन्दिर नारायणगढले भोलि (शनिबार) रोपाइँ जात्रा निकाल्ने भएको छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर कलामन्दिरले रोपाइँ जात्रा गर्दै आएको छ ।
यसवर्ष पनि शनिबार विशेष रुपमा रोपाइँ जात्रा निकाल्न लागिएको जात्राकी संयोजक सुस्मिता श्रेष्ठले जानकारी दिनुभयो । कला मन्दिरबाट सुरु हुने जात्रा बालकुमारी स्कुल चोक, मिलनरोड, शहीदचोक, पुलचोक, मेनरोड, लीलाचोक, दियालो रोड, पोखरा बसपार्क, गणेशचोक, प्रगतिपथ, बालकुमारी चोक हुँदै पुनः नारायणी कला मन्दिर आएर सकिने जानकारी दिनुभएको छ।