तमु ह्युला छोंज धिं गैंडाकोटको अध्यक्षमा रेशम तमु निर्वाचित

गैंडाकोट / तमु ह्युला छोंज धिं, गुरुङ्ग राष्ट्रिय परिषद, गैंडाकोट नगर समितिको तेस्रो अधिवेशनले रेशम गुरुङ्गको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । शनिबार गैंडाकोट ११ भेडाबारीको न्होर्मु छोईलिङ्ग बौद्ध गुम्बाको परिसरमा भएको अधिवेशनले नयाँ कार्य समिति निर्वाचित गरेको हो ।
अधिवेशन कार्यक्रम तमु ह्युला छोंज धिं, गुरुङ्ग राष्ट्रिय परिषद, गैंडाकोट नगर समितिका अध्यक्ष ललित गुरुङ्गको अध्यक्षतामा भएको हो भने कार्यक्रममा तमु ह्युला छोंज धिं, गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सदस्य प्रजन बहादुर गुरुङ्गको प्रमुख आतिथ्यता तथा अर्का केन्द्रिय सदस्य जगतकाजी गुरुङ्गको विशिष्ट आतिथ्यता तथा अन्य जातीय संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । जसको बरिष्ठ उपाध्यक्षमा ओमराज तमु, उपाध्यक्षहरुमा गीता तमुस्यो, धन बहादुर तमु, सचिवमा कमला तमूस्यो, संगठन सचिवमा सु.मे.यम बहादुर तमु, प्रचार सचिवमा निशा तमुस्यो, कोषाध्यक्षमा सरिता तमुस्यो, सदस्यहरुमा तिलु तमुस्यो, दुर्गा तमुस्यो, सिम्रन तमुस्यो, केश बहादुर तमु, बिक्रम सिंह तमु, दुते लाल तमु, मित्रलाल तमु, गुप्ता घले तमुस्यो, पवित्रा तमुस्यो, हेम बहादुर तमु, मन्जु तमुस्यो, लोक बहादुर तमु, रमेश तमु, चन्द्र बहादुर तमु, नवल बहादुर तमु, तुल बहादुर तमु, सन्ता बहादुर तमु निर्वाचित भएका छन् ।
अधिवेशनको निर्वाचन मण्डलको संयोजकमा प्रजन बहादुर गुरुङ्ग, सदस्यहरुमा जगतकाजी गुरुङ्ग, ज्योती गुरुङ्ग रहनुभएको थियो । अधिवेशन सर्बसम्बत रुपमा सम्पन्न भएको र नयाँ कार्यसमितिलाई शनिबार नै सपथ ग्रहण गराई सकिएको निर्वाचन मण्डलको संयोजक प्रजन बहादुर गुरुङ्गले बताउनुभयो ।
अधिवेशन कार्यक्रमको संचालन चन्द्रबीर तमुले गर्नुभएको थियो भने स्वागत मन्तब्य रेशम गुरुङ्गले दिनुभएको थियो ।