सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट ः ६ विद्यार्थीको ए प्लस 

२०८२ असार १४ शनिबार १८:३८:०० मा प्रकाशित


गैँडाकोट – गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले एसईई २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्दै शैक्षिक उत्कृष्टताको पुनः पुष्टि गरेको छ।विद्यालयका अनुसार उदय तिवारीले ३.९१ जीपीए ल्याएर विद्यालयमा सर्वाेच्च स्थान हासिल गरेका छन्। यस्तै, पियुस लम्साल (३.८७), एञ्जल भूसाल (३.७७), समिक्षा अधिकारी (३.७८), हिलसन पौडेल (३.७४) र सुवास अर्याल (३.७०) ले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।
एसईई नतिजाअनुसार विद्यालयका ६ जना विद्यार्थीले ए प्लस, १२ जनाले ए, १६ जनाले बी प्लस र ४ जनाले बी ग्रेड प्राप्त गरेका छन्।विद्यालयका प्रचार्य भरतबाबु कंडेलले नतिजा अत्यन्तै उत्साहजनक रहेको भन्दै भन्नुभयो,”विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनको समन्वयित प्रयासले यस्तो परिणाम सम्भव भएको हो। यसले विद्यालयको शैक्षिक गुणस्तरमा थप विश्वास दिलाएको छ। भविष्यमा अझ गुणस्तरीय शिक्षण प्रणालीमार्फत विद्यार्थीको सर्वांगीण विकासमा केन्द्रित हुने हाम्रो प्रतिबद्धता छ।”
यसै अवसरमा एसईई २०८१ मा सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै, साथ र सहयोग गर्ने शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूप्रति विशेष आभार प्रकट गरिएको छ।
उत्कृष्ट शैक्षिक नतिजासँगै सरस्वती निकेतनले कक्षा ११ का लागि भर्ना खुला गरिएको विद्यालयले जानकारी दिएको छ।