गैँडाकोटबाट ७६ दशमलब ३१ प्रतिशत विद्यार्थी कक्षा ११ का लागि योग्य

गैँडाकोटबाट ७६ दशमलब ३१ प्रतिशत विद्यार्थी कक्षा ११ का लागि योग्य बनेका छन् । गैंँडाकोट नगरपालिकामा रहेका २४ विद्यालयबाट एसइइ दिएका विद्यार्थीहरूको नतिजा सार्वजनिक भएको हो । २४ विद्यालयमध्ये एक विद्यालय किड्स होम एकेडमीले शत प्रतिशत नतिजा हासिल गरेको छ भने गैंडाकोट १८ मा रहेको बालज्योति माध्यमिक विद्यालयका शत प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन् ।
किड्स होम एकेडेमीका १६ जना विद्यार्थी नै कक्षा ११ का लागि योग्य भएका छन् । बाल ज्योति माध्यमिक विद्यालय गैडाकोट १८ का ११ जना विद्यार्थीको नन ग्रेडमा नतिजा आएको छ ।
गँैंडाकोटमा रहेका १० सामुदायिक विद्यालयहरूमध्ये नेपाल राष्ट्रिय शमशेर माध्यमिक विद्यालयबाट ३६ जना विद्यार्थीमा १९ जना कक्षा ११ का लागि योग्य भएका छन् । १७ जना नन ग्रेडमा परेका छन् ।
कृष्ण गण्डकी माध्यमिक विद्यालय गैडाकोट ३ बाट २८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक जना विद्यार्थी मात्रै कक्षा ११ का लागि योग्य भएका छन् । २७ जना विद्यार्थी ननग्रेड भएका छन् ।
जनक नमुना माध्यमिक विद्यालय गैडाकोट ५ बाट १ सय ८४ जना विद्यार्थी सहभागी भएकोमा १ सय ३८ जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् । ४६ जना विद्यार्थीले नन ग्रेडमा परेका छन् ।
नारायणी माध्यमिक विद्यालय गैँडाकोट ७ मा १६ जना विद्यार्थीले एसईई दिएका थिए । पाँच जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् भने ११ जनाको नतिजा नन ग्रेडमा परेको छ ।
कालिका माध्यमिक विद्यालयमा १ सय ९ जनाले परीक्षा दिएका थिए भने ८१ जना कक्षा ११ का लागि योग्य भएका छन् । २८ जना नन ग्रेडमा परेका छन् ।
रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय गैँडाकोट १० बाट ९५ जना विद्यार्थीले एसइ दिएका थिए जसमध्ये ८४ जना कक्षा ११ का लागि योग्य भएका छन् । ११ जना नन ग्रेडमा परेका छन् ।
जनता मावि गैँडाकोट १२ मा ८७ जना विद्यार्थीले परीक्षा दिएका थिए जसमध्ये ६४ जना कक्षा ११ का लागि योग्य भएका छन् । २३ जना नन ग्रेडमा परेका छन् । जनता माध्यामिक विद्यालयबाट १ जना छात्रा अंकिता अधिकारीले ४ जिपिए ल्याउनुभएको छ ।
लक्ष्मी माध्यमिक विद्यालयबाट ८४ जनाले परीक्षा दिएका थिए जसमध्ये ४२ जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् भने ४२ जना विद्यार्थी नन ग्रेडमा परेका छन् ।
अमर ज्योति माध्यमिक विद्यालय गैंँडाकोट १७ मा ३७ जना विद्यार्थीले परीक्षा दिएकोमा ३३ जना कक्षा ११ का लागि योग्य भएका छन् भने चार जना नन ग्रेडमा परेका छन् ।
सामुदायिक विद्यालयबाट ६ सय ८७ जनाले परीक्षा दिएका थिए जसमध्ये ४ सय ६७ जना कक्षा ११ का लागि योग्य भएका छन् । २ सय २० जनाको नतिजा ननग्रेडमा परेको छ । सामुदायिक विद्यालयबाट परीक्षा दिएका ६७ दशमलव ९८ विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् ।
यता संस्थागत विद्यालयतर्फ किड्स होम एकेडेमी गँैडाकोट १० ले शत प्रतिशत नतिजा निकालेको छ १६ जना विद्यार्थी सहभागी भएकोमा १६ जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् ।
सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयबाट ४४ जना विद्यार्थीमा सहभागी भएकोमा ३८ जना कक्षा ११ का लागि योग्य भएका छन् भने ६ जना नन ग्रेडमा परेका छन् ।
अक्सफोर्ड सेकेण्डरी स्कुल गैंँडाकोट २ मा २३ जना विद्यार्थी सहभागी भएकोमा २२ जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् भने एकजना विद्यार्थी नन ग्रेडमा परेका छन् ।
बालविकास स्कुल गैँडाकोट २ बाट ४० जना विद्यार्थी सहभागी भएकोमा ३९ जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् एकजना विद्यार्थीको नतिजा नन ग्रेडमा परेको छ ।
कन्टिनेन्टल इङ्लिस स्कुल गँैडाकोटबाट २५ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २४ जना कक्षा ११ का लागि योग्य भएका छन् भने एक जना विद्यार्थीको नतिजा नन ग्रेड रहेको छ ।
गँैंडाकोट इङ्लिस स्कुल गैंडाकोट २ बाट ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए जसमध्ये ५१ जना कक्षा ११ का लागि योग्य भएका छन् भने एकजना विद्यार्थीको नन ग्रेडमा परेका छन् ।
गैंँँडाकोट नमुना सेकेन्डरी इङ्लिस स्कुलबाट ५६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए जसमध्ये ४१ जना कक्षा ११ का लागि योग्य भएका छन् भने ११ जना ननग्रेडमा परेका छन् ।
साइनिङ सेकेन्डरी इङ्लिस स्कुलबाट २६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए जसमध्ये २० जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् । ६ जना विद्यार्थीको नतिजा नन ग्रेडमा परेको छ ।
विजय सामुदायिक शिक्षा सदन गैँडाकोटले ५१ जना विद्यार्थीलाई एसइइमा सहभागी गराएको थियो जसमध्ये ४६ जना कक्षा ११ का लागि योग्य भएका छन् । पाँच जनाको नतिजा नन ग्रेडमा आएको छ ।
मुकुन्दसेन इङ्लिस बोर्डिङ स्कुल गैंँडाकोटले एसइइमा २० जना विद्यार्थीलाई सहभागी गराएको थियो, जसमध्ये १६ जना कक्षा ११ का लागि योग्य भएका छन् चारजना विद्यार्थीको नन ग्रेडमा नतिजा आएको छ ।
सूर्योदय विद्या मन्दिर गैंँडाकोट १२ ले १७ जना विद्यार्थीलाई एसइमा सहभागी गराएको थियो जसमध्ये १६ जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् । एकजना विद्यार्थीको नतिजा नन ग्रेडमा परेको छ ।
अमर इङ्लिस स्कुल गैंँडाकोट १५ ले ४१ जना विद्यार्थीलाई सहभागी गराएकोमा ४० जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् । एकजना विद्यार्थीको नतिजा नन ग्रेडमा परेको छ ।
युनिक इङ्लिस स्कुलले २५ जना विद्यार्थीलाई सहभागी गराएकोमा २१ जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् । चारजना विद्यार्थीको नतिजा नन ग्रेडमा रहेको छ ।
संस्थागत विद्यालयतर्फ ४ सय ३६ जना विद्याथीे परीक्षामा सहभागि भएका थिए जसमध्ये ३ सय ९० जना विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् । ४२ जना विद्यार्थीको नतिजा नन ग्रेड आएको छ । संस्थागतबाट सहभागि विद्यार्थीमध्ये ८९ दशमलब ४५ प्रतिशत विद्यार्थी कक्षा ११ का लागि योग्य भएका छन् ।