गैंडाकोटमा एसइइमा शत प्रतिशत नतिजा निकाल्ने एकमात्र विद्यालय बन्यो किड्स होम एकेडेमी

किड्स होम एकेडेमी गैंडाकोट ले गैंडाकोट नगरपालिकामै सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ। यो विद्यालय पहिलोपटक एसइइमा सहभागी भएको थियो। यो एसइइमा सहभागी भएको पहिलो वर्षमा नै किड्स होम एकेडमीले शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो।
विद्यालयका सबै विद्यार्थीहरू उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन्। माध्यमिक शिक्षा परीक्षा एसइइमा २०८१ मा एकेडेमीबाट १६ जना विद्यार्थी सहभागी भई प्रथम वर्षमा नै शत प्रतिशत नतिजा हासिल गर्न सफल भएको हो। सबैभन्दा धेरै समिर कण्डेलले ३ दशमलव ९१ जिपिए प्राप्त गर्नुभएको छ।
यस्तै विद्यालयको एभरेज जिपिएमा ३ दशमलव ४८५ रहेको पनि विद्यालयका प्रधानाध्यापक वासुदेव गैरेले जानकारी दिनुभयो । गैंडाकोट नगरपालिकामा संस्थागत र सामुदायिक विद्यालयहरूमध्ये शत प्रतिशत नतिजा निकाल्न सफल एकेडेमी एकमात्र विद्यालय रहेको छ।
पहिलो वर्षमा नै शत प्रतिशत नतिजा निकाल्न सफल भएकोमा विद्यालय निकै उत्साही र खुसी भएको विद्यालयका प्रधानाध्यापक वासुदेव गैरेले बताउनुभएको छ। उहाँले शिक्षक विद्यार्थी अभिभावक सबैको मेहनतका कारणले नै यो नतिजा हासिल गर्न सफल भएको पनि बताउनुभयो ।