गैँडाकोट नगरपालिकाले शनिबार पूर्ण खोप सुनिश्चिचता दिगोपना घोषणा

गैँडाकोट नगरपालिकाले शनिबार पूर्ण खोप सुनिश्चिचता दिगोपना घोषणा गरेको छ । गैँडाकोट नगरपालिकाका नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बालबालिकाका लागि खोप आवश्यक रहेको र यसमा अभिभावक पनि सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले यसमा स्वास्थ्यकर्मी र स्वयसेविका सँगै सबैको कामको सकारात्मक नतिजा आएको पनि बताउनुभयो ।
यस्तै नगरउपप्रमुख शान्ति कोइरालाले आमा र बच्चाको सम्बन्ध जस्तै स्वास्थ्य स्वयसेविका र बालबालिकाको हुनाले पूर्ण खोप सुनिश्चिचता दिगोपना गर्न सकिएको बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले खोपको पहुँचबाट कोहि टाढा नहुन र सबैले पाउनुपर्नेमा नगरपालिकाको जोड रहेको बताउनुभयो ।
प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रमुख शैलेन्द्र सिंह, मध्यबिन्दु प्रादेशिक अस्पतालका मेसु डा. रमेश प्रसाद आचार्य गैँडाकोट ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, गैँडाकोट १३ का वडाध्यक्ष मधुकर मल्ल लगायतले मन्तव्य राख्नुभएको थियो । खोप बारेको सचेतनात्मक गित स्वास्थ्य स्वयसेविकाले प्रस्तुत गरेका थिए । गैँडाकोटमा खोपको अवस्था बारे स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयसेविकालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजिकरण जनस्वास्थ्य अधिकृत माधव आचार्यले गर्नुभएको थियो ।