स्व. लक्ष्मीदेवी पराजुलीको सम्झनामा रामनगर मा.वि.मा अक्षय कोषका लागि १ लाख २५ हजार ५ सय २५ प्रदान

२०८१ फाल्गुण २७ मंगलबार २०:२७:०० मा प्रकाशित

गैँडाकोट । स्वर्गीय लक्ष्मीदेवी पराजुलीको  ४५औँ  दिनको पुण्य तिथिमा रामनगर माध्यमिक विद्यालय  भरतपुर  रामनगरलाई उहाँको परिवारले अक्षय कोषका लागि १ लाख २५ हजार ५ सय २५ प्रदान गरेको छ । 

उहाँको परिवार श्रीमान जीवनाथ पराजुली, छोरा सुमन पराजुली, बुहारी अन्जु  पराजुली तथा नातीनी बाट  रामनगर मा वि  भरतपुर  रामनगरलाई  अक्षय कोषबापत १ लाख २५ हजार ५ सय २५ प्रदान गर्नुभयो । साथै  एक दिनको लागि सम्पूर्ण विद्यार्थी शिक्षक तथा  सो कार्यक्रममा उपस्थित हुने सम्पूर्ण  लाई दिवा खाजाको व्यवस्था गरिएको थियो । 

अक्षय कोष प्रदान गर्नुहुने जीवनाथ पराजुलीले सोही विद्यालयमा ३१ वर्ष सात महिनासम्म अध्यापन गराएर  सोही विद्यालयको सञ्चालक समिति हुँदै हाल सल्लाहकार समितिमा रहनुभएको छ । विभिन्न  थुप्रै संघसंस्थामा बसेर सामाजिक काम गर्दै आउनुभएका जीवनाथ प्रराजुली तथा उहाँको परिवारले अहिले मात्र होइन  परिवारका सदस्यहरूको जन्मोत्सव विवाह महोत्सव जस्ता कार्यहरूमा सो विद्यालयलाई आर्थिक सहयोग गर्दै आउनुभएको  थियो । 


लामो समय अर्थात् आफ्नो जीवनको ७५ प्रतिशत भन्दा वढी  समय सो विद्यालयलाई प्रदान गर्नुभएका  पराजुलीले पटकपटक विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बद्रीनाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रममा  सो विद्यालयका विद्यार्थी भाइबहिनीहरू शिक्षक, अभिभावकहरू  विद्यालय व्यवस्थापन समिति तथा पराजुली बन्धुहरूको उपस्थिति रहेको थियो ।

 सो कार्यक्रममा स्वर्गीय लक्ष्मी देवी पराजुलीका भतिज महेश पौडेलले स्वर्गीय लक्ष्मीदेवी पराजुलीको जीवनी प्रस्तुत गर्नुभएको थियो ।

 कार्यक्रमको अध्यक्षता गर्नुभएका बद्रीनाथ आचार्य, सोही विद्यालयका प्रधानाध्यापक प्रविण विश्वकर्मा लगायतले जीवनाथ पराजुली र उहाँको परिवारले यस विद्यालयलाई गरेको सहयोगको प्रशंसा यहाँ मात्र व्यक्त गरेर नपुग्ने बताउनुभयो सो कार्यक्रम विद्यालयको प्राङ्गणमा विद्यार्थीहरूको टिफिन को समयमा कार्यक्रम सञ्चालन गरीयको  थियो भने कार्यक्रमको सहजीकरण सोही विद्यालयका शिक्षक बाबुराम रेग्मीले गर्नुभएको थियो।