वनमा डडेलो लाग्न नदिन मौलाकालि सामुदायिक वनले योजना बनाउँदै

गैँडाकोट । मौलाकालि सामुदायिक वन उपभोक्ता समुहले वनमा डडेलो लाग्न नदिन बिभिन्न कार्यक्रमलाई अगाडी बढाएको वनका अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो ।
विजय एफएमको कार्यक्रम हाम्रो वनमा कुराकानी गर्दै उहाँले ५ ब्लक क्षेत्र रहेको मौलाकालि वनले वन संरक्षणका लागि टोलि बनाएको जानकारी दिनुभयो । साथै उपभोक्ता र टोलि प्रमुखलाई डडेलोको बारेमा अभिमुखीकरण गराउने अग्नि रेखा निर्माण गर्ने लगायतका कामलाई अगाडी बढाउने योजना बनाएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
वन संरक्षण गर्न र वनमा डडेलो लाग्न नदिन बिभिन्न योजना बनाएर अगाडी बढेको मौलाकालि वनले अन्य सामुदायिक वनसँगको सहकार्यलाई पनि जोड दिदैँ आएको छ । आफ्नो वन क्षेत्रमा आगो लाग्न नदिन र अन्य वनमा लागेको डडेलो पनि निभाउन सबै सहकार्य र समन्वय गरेर अगाडी बढ्नुपर्ने मौलाकालि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभएको छ ।
अहिले वन पैदावर बिक्री विरणको काम भइरहेको छ भने अन्य कार्यक्रमलाई पनि अगाडी बढाएको अध्यक्ष सापकोटाको भनाई छ ।