फागुपूर्णीमामा सभ्य भएर रंग लगाउन इलाका प्रहरी कार्यालय गैँडाकोटकोे अनुरोध

गैँडाकोट । फागुपूर्णीमामा सभ्य भएर रंग लगाउन इलाका प्रहरी कार्यालय गैँडाकोटले अनुरोध गरेको छ । जबरजस्ती रंग दल्न नहुने, रंग बाहेकका अन्य केमीकल, कुहिएको अण्डा लगायतका सामान प्रयोग नगर्न पनि इलाका प्रहरी कार्यालय गैँडाकोटले अनुरोध गरेको हो ।
यस्तो प्रयोग भएको पाइएमा र नियम उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाहि गरिने इलाका प्रहरी कार्यालय गैँडाकोट प्रमुख कमला नरालले बताउनुभयो ।
होली एक रंगको पर्व भएका कारण शान्त तरिकाले मनाउनु आवश्यक छ । होलीले एकआपसमा प्रेम, सद्भाव बढाउने हुदाँ पनि एक आपसमा शान्त तरिकाले मनाउने, अनुमतीबिना कसैलाई पनि रंग नदल्ने, यात्रा गर्दा ध्यान दिने जस्ता कुराहरुमा ध्यान दिई सभ्य र भव्य तरिकाले होली मनाउन इलाका प्रहरी कार्यालय गैँडाकोट प्रमुख कमला नरालको अनुरोध छ ।