नेपाल तरुण दल गैँडाकोटको सभापतिमा रोशन सापकोटा चयन

गैँडाकोट । नेपाल तरुण दल गैँडाकोटको सभापतिमा रोशन सापकोटा चयन हुनुभएको छ । यस्तै उपसभापतिहरुमा सुमन लामिछाने, गोविन्द तिवारी, सचिवहरुमा विनायक गौडेल, देव बहादुर महतो, सहसचिवहरुमा गौरब श्रेष्ठ, सरोज कँडेल, प्रकाश कोइराला, विशाल ढकाल, कोषाध्यक्षमा आयुष श्रेष्ठ मनोनित हुनुभएको छ । यस्तै सदस्यहरु मनोनित गर्ने क्रम जारी रहेको सभापति रोशन सापकोटाले जानकारी दिनुभयो ।
यसैबिच नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष बिद्धान गुरुङ्ले युवाहरुलाई देशमै बस्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल तरुण दलको गैँडाकोट नगरपालिकाको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै देशमै रोजगारीको अवस्था सिर्जना गरी युवालाई यहिँ राख्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले लामो समयदेखि नेपाल तरुण दलको अधिबेशन नभएको भन्दै आफ्नै कार्यकालमा गर्ने बताउनुभएको छ । साथै उहाँले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।
सभापति रोशन सापकोटाले समितिले नेपाल तरुण दलको पूर्णकालिन सदस्य वडा–वडामा वितरण गर्ने र नेपाल तरुण दलको नगर पाचौँ अधिबेशन केन्द्रको निर्देशन अनुसार गर्ने पनि बताउनुभयो ।
नेपाल तरुण नवलपुर जिल्ला अध्यक्ष मिन घले लगायत क्षेत्रिय, जिल्ला र नगर तहका नेता र कार्यकर्ताको उपस्थिती रहेको थियो ।