नेपाल तरुण दल नवलपुरले गर्यो सदस्यता वितरण एवं सम्मान कार्यक्रम

२०८१ फाल्गुण २९ बिहीबार १६:५०:०० मा प्रकाशित

कावासोती । नेपाल तरुण दल नवलपुरले नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय कावासोतीमा बुधबार सदस्यता वितरण एवं सम्मान कार्यक्रम गरेको छ ।


सो कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ्ले लामो समयदेखि तरुण दलको अधिबेशन हुन नसकेको भन्दै आफुले नगर, जिल्ला र केन्द्रमा अधिबेशन गर्ने गरी अगाडी बढेको बताउनुभयो । साथै उहाँले अधिबेशन आफ्नै कार्यकालमा गर्ने पनि बताउनुभयो । युवाहरुको शक्तिले देश बन्ने र युवा सचेत हुन आवश्यक रहेकोमा उहाँको जोड थियो । 
कार्यक्रममा बोल्दै नेपाल तरुण दल नवलपुरका अध्यक्ष मिन घलेले युवा उद्यमी र व्यवसायीका लागि सरकारले धेरै गर्नुपर्ने बताउँदै सधैँ आफु युवा र देशको हितमा काम गर्न अगाडी आउने बताउनुभयो । 


कार्यक्रममा सदस्यता वितरण गरिएको थियो भने नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ्लाई नवलपुरमा स्वागत एवंम सम्मान गरिएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्र, प्रदेश, जिल्ला र नगर तहका नेता तथा कार्यकर्ता उपस्थिती रहेको थियो ।