सभ्य भएर होली मनाउन गैँडाकोटका नगरप्रमुख र उपप्रमुखको अनुरोध

२०८१ फाल्गुण २९ बिहीबार १६:५६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाले सभ्य भएर होली बनाउन नगरवासीलाई आग्रह गरेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले फागुपूर्णीमाको शुभकामना दिँदै एक आपसमा सदभाव र भाइचाराका साथ शुद्ध रंगले मात्र हालि बनाउन आग्रह गर्नुभएको छ । उहाँले अवाच्छित क्रियाकलाप नगर्न र सभ्य भएर सबैले रंग लगाउनपर्ने बताउनुभयो । 


यस्तै नगर उपप्रमुख शान्ति कोइरालाले होलीको शुभकामना दिँदै एकआपसमा र∙ लगाई सत्यको जितको खुशीका रुपमा होली मनाउन आग्रह गर्नुभयो । साथी र परिवारसँग घरमै शान्तिपूर्ण तरिकाले होली मनाउन पनि नगरवासीलाई उहाँले अनुरोध गर्नुभएको छ । 


सनातनी परम्परा अनुसार उत्साहका रुपमा मनाइने होली एक रंगीन पर्व हो । असत्यमाथि सत्यको विजयी भएकै कारण होली मनाउने प्रचलन रहेको धर्मग्रन्थमा उल्लेख छ । यस दिन मानिसहरु आफुमा भएका सबै नकारात्मक विचारहरु त्यागी एकआपसमा रंग दली खुशी साटासाट गरी होली मनाउने गरिन्छ ।