भरतपुरको गणेशथान फिडरमा आज (बुधबार) देखि विद्युत सेवा अवरुद्ध हुने

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको १३२ के.भी विद्युत प्रसारण लाइन आज (बुधबार) देखि ४ दिनसम्म गणेस्थान फिडर अवरुद्ध हुने भएको छ । आँपटारीस्थित न्यू भरतपुर सब-स्टेशनदेखि बसेनीको पुरानो भरतपुर सब–स्टेशनसम्मको १३२ के.भी प्रसारण लाईनमा तार अपग्रेड गर्नुपर्ने भएकाले विद्युत सेवा अबरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार विहान ८ बजेदेखि ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।
वितरण केन्द्र अन्तर्गतको गणेस्थान फिडर अनियमित हुँदा भरतपुर वडा ११ अन्तर्गत भोजाड-पदमपुर मार्ग, बसेनी, विशाल चोक, बर्मेली चोक, नेपाल पोलिटेक्निक, के.बि.लाईन लगायतका आसपासका क्षेत्रमा विद्युत सेवा अनियमित हुने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।