ड्युटीमा रहेका सुरक्षाकर्मी कुटिएको घटनामा छानबिन गर्न अनेरास्ववियुको चुनौती

२०८१ माघ ३० बुधबार १२:१६:०० मा प्रकाशित

काठमाडौं । ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मी कुटिएको घटनामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले संसदीय छानबिन गर्न चुनौती दिएको छ ।


संगठनलाई जोडेर बदनाम गर्न खोजिएको भन्दै एक विज्ञप्ति जारी गर्दै अध्यक्ष समिक बडालले सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेका हुन् ।


माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण भएको थियो ।