भरतपुर अस्पतालमा अब बिरामी कुरुवालाई पनि निःशुल्क खाना

गैंडाकोट । भरतपुर अस्पतालले अबदेखि बिरामी कुरुवालाई पनि निःशुल्क खाना दिने भएको छ ।
अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित निःशुल्क खाना खुवाउँदै आएको अस्पतालले गत महिनादेखि नै बिरामी कुरुवालाई बेलुकाको खाना निःशुल्क दिँदै आएको बताएको छ ।
अस्पतालको यस्तो निर्णयले टाढा टाढाबाट आएका विपन्न बिरामीलाई राहत पुग्ने अस्पतालले विश्वास लिएको छ।