गैँडाकोट कालिका चोकमा करेण्ट लागेर एकजनाको मृत्यु 

२०८१ माघ २४ बिहीबार १९:१०:०० मा प्रकाशित

 

नवलपुर । गैँडाकोट ६ कालिका चोकमा विद्युत लाइन विस्तारमा संलग्न कामदारको आज करेण्ट लागेर मृत्यु भएको छ । जाजरकोटका बाइस वर्षिय आर्यन ठकुरीको निधन भएको छ । उनको पोष्टमार्टमका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।