८० लाख ८९ हजार ६ सय ३६ रुपैया बेरुजु रकम नियमित गर्ने प्रस्ताव बहुमतले पारित
गैँडाकोट । गैँडाकोट नगरपालिकाको १६ औँ नगरसभामा बेरुजु रकम नियमित गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ । ८० लाख ८९ हजार ६ सय ३६ रुपैया विधिसम्मत र प्रचलित ऐन कानून अनुसार नै खर्च गरेको ठहर गर्दै बेरुजु रकम नियमित गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।
नगरपालिका कार्यालयको आर्थिक बर्ष २०७९।०८० को श्रेस्ताहरु महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गर्दा देखिएका बेरुजु मध्ये ८० लाख ८९ हजार ६ सय ३६ रुपैया नियम संगत नभएको भनी बेरुजु कायम भएको देखिएको थियो । सो रकम नियम संगत भएको र कार्यालयले स्वीकृत वार्षिक कार्यक्रममा समावेश गरेका कार्यक्रममा मात्र खर्च गरेको खर्च गर्दा विधिसम्मत र प्रचलित ऐन कानून अनुसार नै खर्च गरेको जनाइएको छ ।
लेखा समितिको प्रतिवेदन नगरकार्यपालिका लेखा समिति संयोजक देविदत्त कँडेलले प्रस्तुत गर्नुभएको हो । कँडेलले बेरुजु कम गरेर अगाडी बढ्ने बताउनुभएको छ ।