भोलि (मंगलबार) गण्डकी प्रदेशमा सार्वजनिक विदा

२०८१ माघ २१ सोमबार १५:३७:०० मा प्रकाशित

गैँडाकोट –  प्रदेश स्थापना दिवसको अवसरमा भोलि  (मंगलबार) गण्डकी प्रदेशभर सार्वजनिक विदा दिइएको छ । भोलि (मंगलबार) प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुमा बिदा दिइएको हो ।

गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।