गैंडाकोट जेसीजको १८ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
गैँडाकोट । गैंडाकोट जेसीजको १८ औं पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गैंडाकोट रिसोर्टमा शनिवार एक भब्य समारोहका बिच पदस्थापन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैंडाकोट जेसीजले बिगतमा पनि ब्यक्तित्व बिकास र नेतृत्व बिकासका लागी विभिन्न कार्यक्रमहरु गरेको बताउदै आगामी दिनहरुमा पनि जेसिजले गर्ने सामाजिक कार्यमा गैंडाकोट नगरपालिकाले सहकार्य गर्ने बताउनु भयो।
कार्यक्रममा विशिष्ट अतिथि गैंडाकोट नगरपालिका नगरउपप्रमुख शान्ति कोइरालाले गैंडाकोट जेसिज संग गैंडाकोट नगरपालिका सहकार्य गरेर अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जेसीज वर्ष २०२४ का अध्यक्ष राजेश पौडेलको टिमले गैंडाकोट जेसीज वर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष हरि पौडेल लगायत उहाँको टिमलाई पद हस्तान्तरण गरेको थियो ।
हरि पौडेलको नेतृत्वमा रहेको गैंडाकोट जेसीज वर्ष २०२५ को कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा अजय पौडेल र रमेश कोइराला, उपाध्यक्षमा आयुष पौडेल, युवराज काफ्ले, अन्जन गौतम र सुशील सापकोटा रहनुभएको छ । कार्यसमितिको सह–सचिवमा कुशल सापकोटा र सह–कोषाध्यक्षमा उत्कर्श श्रेष्ठ हुनुहुन्छ ।
यस्तै कानुनी सल्लाहकारमा क्षितिज आचार्य, महासचिवमा मदन सापकोटा, कोषाध्यक्षमा अनिल पौडेल, अध्यक्ष सल्लाहकारमा सुरज पौडेल र ईश्वर पौडेल तथा प्रकरण निर्देशकमा रामकृष्ण कोइराला, तालिम आयुक्त रोशन सापकोटा रहनुभएको छ ।
गैंडाकोट जेसीजले गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी र उपप्रमुख शान्ति कोइरालालाई मानार्थ सदस्य प्रदान गरेको छ ।
बर्ष २०२४ का महासचिव ईश्वर पौडेलले सजिकरण गर्नु भएको कार्यक्रमको संयोजक जेसीज वर्ष २०२५ को कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा अजय पौडेलले धन्यबाद व्यक्त गर्नुभएको थियो ।