नारायणी मा.वि खोप केन्द्रमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने कार्यक्रम शुभारम्भ

२०८१ माघ २३ बुधबार १३:३४:०० मा प्रकाशित

गैंडाकोट । नारायणी मा.वि खोप केन्द्रमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ( HPV vaccine injection)  लगाउने कार्यक्रम शुभारम्भ भएको छ ।

गैँडाकोट वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटा र आधारभूत स्वास्थ्य ईकाइ प्रमुख पदमपाणी शर्माले  आधारभूत स्वास्थ्य इकाई केन्द्र गैँडाकोट ७ का अ.न.मी मिना पौडेल र विद्यालय नर्स अस्मिता अधिकारीलाई  HPV vaccine injection को किट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो कार्यक्रममा वडामा खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गरी कोही पनि नछुट्ने गरी अभियान सञ्चालन गर्नका लागि वडाअध्यक्ष होमनाथ सापकोटाले अनुरोध गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य स्वयंसेविका सीतादेवी सापकोटा, विद्यालय शिक्षक बिना गौतमले किशोरीहरुलाई सहजीकरण गर्नुभएको छ । खोप कार्यक्रममा अनमी मिना पौडेल र विद्यालय नर्स अस्मिता अधिकारीले खोप लगाउने कार्यमा सहयोग गर्नुभएको छ ।