एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरू हुँदै
नेकपा एमालेको केन्दीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । आज बिहान ११ बजे एमाले पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
अध्यक्ष ओलीको प्रतिवेदनमा मुलुकको राजनीतिक अवस्था, सरकारले ६ महिनाको अवधिमा गरेका काम, पार्टीको वर्तमान अवस्थालगायत समेटिनेछ । बैठकमा महासचिव शङ्क पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने पार्टीको निर्वाचन, अनुशासन आयोगलगायतले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ ।
भोलीसम्म चल्ने बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमा आधारित भएर प्रत्येक सदस्यलाई धारणा राख्न दिने एमालेको तयारी छ । बैठकले एमालेको वार्षिक कार्ययोजनाको अर्धवार्षिक समीक्षासँगै मङ्सिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनको पनि समीक्षा गरिने छ ।