सरस्वती निकेतनमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८१ पौष १९ शुक्रबार २१:०९:०० मा प्रकाशित

गैँडाकोट । सरस्वती निकेतन आवासिय माध्यामिक विद्यालयले आज  अभिभावक अभिमुखीकरण र अन्र्तरक्रिया कार्यक्रम गरेको छ । शैक्षिक गुणस्तर बृद्धिका लागि टेवा पु¥याइरहेको यस विद्यालयले अभिभावकसँग समय समयमा अन्र्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गर्ने गरेको प्राचार्य भरतबाबु कँडेलले बताउनुभयो । यसले विद्यालय र अभिभावबिचको सम्बन्ध अझै राम्रो बनेको कँडेलको बुझाई छ । 


कार्यक्रममा शैक्षिक सुधार अभियान्ता अर्जुन भट्टले अभिभावकलाई अभिमुखीकरण गराउनुभएको थियो । उहाँले बालबालिकाप्रति अभिभावकको भुमिका र निभाउनुपर्ने कर्तव्यले बालबालिकामा पार्ने प्रभावका बिषयमा जानकारी गराउनुभएको थियो । उहाँले बालबालिकाको स्वास्थ, अवस्था र मानसिक स्थिती बुझेर अभिभावकले व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकको व्यवहारले नै बालबालिकाको व्यवहार निर्धारण गर्ने हुनाले सोही अनुसार घरमा पनि अभिभावकले वातावरण बनाउनमा उहाँले जोड दिनुभएको छ । कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसेले अभिभावकले पनि बालबालिका बाट पनि धेरै कुरा सिक्नुपर्ने र विद्यार्थीलाई नैतिकवान र अनुशासित बनाउन अभिभावकको ठुलो हात हुने बताउनुभयो ।


कार्यक्रममा एकेडमीक इन्चार्ज कपिल लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहायक प्राचार्य लक्ष्मण कँडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसेको अध्यक्षतामा भएको थियो । 


 सो कार्यक्रममा ३ सय बढि अभिभावकको उपस्थिती रहेको थियो । यसरी विद्यालयले समय समयमा गर्ने अभिमुखीकरणले आफ्ना बालबालिका व्यवहारलाई बुझ्न सहज बनाएको अभिभावकले बताएका छन ।