सङ्खुवासभामा अवैध मदिरा उत्पादनमा कडाई गरिने ।
सङ्खुवासभा । जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति सङ्खुवासभाले अवैध मदिरा बिक्रिबितरणमा कडाई गर्ने भएको छ । मङ्सिर १४ गते करदाता सेवा कार्यालय खाँदबारीका प्रमुख तथा कर अधिकृत योगेश भटराईको अध्यक्षतमा बसेको बसेको ७ सदस्यीय जिल्ला स्तरिय अवैध मदिरा नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मदिराजन्य कारोबार गर्ने ब्यवसायीलाई आफ्नो ब्यवसाय अनिवार्य दर्ता गरेर मात्र उत्पादन र बिक्रि बितरण गर्न आग्रह समेत गरेको छ । समितिको बैठकले जिल्लाका केही स्थानमा अखाद्य पदार्थ, मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने कच्चा पदार्थ मिसावट गरि मदिराजन्य उत्पादन गरिने गरेको सुचना समेत प्राप्त हुने गरेकाले त्यस्ता उत्पादनहरुको नियन्त्रण र नियमन गरि कारबाही गर्ने समेत निर्णय गरेको समितिका संयोजक योगश भटराईले जानकारी दिनुभयो । बैठकले जिल्लामा रहेका १० वटै पालिकाहरुलाई पत्राचार गरि अबैध मदिरा उत्पादनको कडा अनुगमन गर्नसमेत पत्राचार गर्ने निर्णय गरेको छ ।