रास्वपा सभापति लामिछानेको चितवनमा आज बयान सकिएन, भोलि फेरि लिइने ।
काठमाण्डौ । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको चितवनमा आजदेखि बयान सुरु भएको छ । तर आज बयान नसकिएपछि भोलि पनि जारी रहने बताइएको छ । जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई चितवन लागिएको हो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो ।