पत्रकार महासङ्घको मतदाता नामावली प्रकाशन ।
काठमाण्डौ । नेपाल पत्रकार महासङ्घको आगामी मङ्सिर २८ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासङ्घको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो । मतदाताको नामावली नेपाल पत्रकार महासङ्घको वेबसाइट तथा केन्द्रीय निर्वाचन कार्यालयको सूचना पार्टीमा टाँस गरिएको छ । २८ गते हुने निर्वाचनमा सहभागी हुन सम्पूर्ण सदस्यले विधान बमोजिमको शुल्क भुक्तानी गरेको हुनुपर्ने निर्वाचन समितिले विज्ञप्तिमा जनाएको छ ।