दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति ।
काठमाण्डौ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आज प्रसाईलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले बताउनुभयो । प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईलाई गत मङ्सिर ५ गते प्रहरीले पक्राउ गरेको थियो । विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै प्रसाईलाई पक्राउ गरिएको थियो । महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी सङ्हितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो ।