भेडाबारीमा जिइएसको अभिभावक भेला, आदर्श अभिभावक समुन्नत समाज
गैँडाकोट । गँैडाकोट इङ्लिस स्कुलले अभिभावकहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । “गतिशील विद्यालय, उन्नत शैक्षिक क्रियाकलाप र आदर्श अभिभावक समुन्नत समाज निर्माणको आधार” नाम दिइएको उक्त अन्तरक्रिया कार्तिक २९ गते बगैँचा एडभेन्चर रिसोर्ट भेडाबारीमा सम्पन्न भएको थियो ।
विद्यालयले गैडाकोट गैँडाकोट वडा नम्बर १० देखि १७ सम्मका अभिभाबक, शैक्षिक तथा बौद्धिक व्यक्तित्वहरुलाई लक्षित गर्दै उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।
२१८ जना अभिभाबक तथा शैक्षिक व्यक्तित्वहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । विद्यालयका सुचना तथा जनसम्पर्क प्रमुख श्रीहरि चालिसेले संयोजन तथा सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य हिरालाल अर्यालले बिषयबस्तुमाथि प्रकाश पार्नुभएको थियो ।
उक्त अवसरमा प्राचार्य अर्यालले गतिशील विद्यालयको दर्शन र प्रारुप, उन्नत शैक्षणिक क्रियाकलाप र आदर्श अभिभावकमाथि चर्चा गर्नुभएको थियो । अभिभावकहरुले विद्यालयसंँग जोडिने अवसर प्रदान गरेकोमा विद्यालयलाइ धन्यबाद दिदै नमुना विद्यालयले विभिन्न समुदाय लक्षित कार्यक्रमहरु संचालन गर्न सुझाब दिएका थिए । जवाफमा प्राचार्य अर्यालले विद्यालयले गड्यौँले मल मार्फत विभिन्न वडाहरुमा जोडिएको र अब अन्य वडाहरुमा पनि निरन्तरता दिने बताउनुभयो ।
समापनको अबसरमा विद्यालयका सहप्राचार्य नवराज कडेलले उपस्थित सबैलाई महत्वपुर्ण समयको लागि धन्यबाद दिँदै बहस र छलफलमार्फत नै पनि शिक्षा, विद्यालय र शैक्षिक क्रियाकलाप प्रती हस्तक्षेपकारी भुमिका निभाउने प्रयत्न जारी राख्ने बताउनुभएको छ ।